अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश : नयाँ सरकार गठनका लागि आज आव्हान गर्ने तयारी

कोशी प्रदेश : नयाँ सरकार गठनका लागि आज आव्हान गर्ने तयारी


विराटनगर-कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखले आव्हान गर्ने तयारी गर्नुभएको छ ।  

एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आव्हान गर्ने तयारी गर्नुभएको हो । यसका लागि प्रदेश प्रमुखले परामर्श समेत थाल्नुभएको छ ।   

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनका लागि आव्हान गर्ने भन्ने विषयमा छलफल थाल्नुभएको हो ।  

संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको हिक्मत कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने नेकपा एमालेले बताउँदै आएको छ । 

तर विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठन हुनुपर्ने बताउँदै आएका छन् ।