काठमाडौँ-पछिल्लो तीन घण्टामा बारामा भारी वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बाराको निजगढ र आसपासका क्षेत्र तथा लालबकैया नदी जलाधारका स्थानमा भारी वर्षा मापन गरिएको हो ।
त्यस क्षेत्रमा थप वर्षा हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै लालबकैया र सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ ।
नदीतटीय तथा डुबान भइरहने होचा भूभागमा आज बेलुकासम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।







प्रतिक्रिया