काठमाडौँ-आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





प्रतिक्रिया