अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भविष्यको आशा र विश्वास गरेर नेताहरूले कम्युनिष्ट आन्दोलन जोगाएको हो: अष्टलक्ष्मी शाक्य

भविष्यको आशा र विश्वास गरेर नेताहरूले कम्युनिष्ट आन्दोलन जोगाएको हो: अष्टलक्ष्मी शाक्य


काठमाडौं-नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेका नेता-कार्यकर्तामा निराशा, पलायन र नकारात्मक सोच जरुरी नभएको बताउनुभएको छ। 

नेकपा एमाले रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले एमाले द्वन्द्ववादमा विश्वास गर्ने पार्टी भएकोले द्वन्द्ववादमा सधैँ संघर्ष चलिरहने अर्थ्याउनुभयो । संघर्षबाट पुरानो विस्थापित हुने र नयाँ सिर्जना हुने उहाँले प्रष्ट पार्नुभयो । 

उपाध्यक्ष शाक्यले हिजो संगठन निर्माणको एक मात्र उद्देश्य एकात्मक व्यवस्था अन्त्य भएको बताउनुभयो । जनताको अधिकार स्थापित गर्न नेपालमा कम्युनिष्ट आन्दोलन सुरु भएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हिजो संगठन निर्माणको उद्देश्य एकात्मक व्यवस्था अन्त्य गर्नु थियो, त्यो विकास हुँदै गणतन्त्र स्थापनासम्म आइपुग्यो।’

नेपालमा अनेक खालका उद्यमशीलताको सम्भावना भएको बताउँदै शाक्यले आफ्नै हातबाट नेपाल बनाउने सोचका साथ अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो’ ‘आफ्नै मेहनतबाट नेपालाई समृद्ध बनाउने सोचका साथ अघि बढ्यो भने नेपाल समृद्ध बन्न सक्छ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेल लगायतले बोल्नु भएको थियो।