अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमल थापालाई धक्का, कोशी प्रदेशका निवर्तमान अध्यक्षसहित २६ नेताको राजीनामा

कमल थापालाई धक्का, कोशी प्रदेशका निवर्तमान अध्यक्षसहित २६ नेताको राजीनामा


काठमाडौं-कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ठूलो धक्का लागेको छ।

राप्रपा नेपालबाट २६ जना नेताले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल बनाउनु भएको थियो।

कोशी प्रदेशमा राप्रपा नेपालका २६ जना नेताले सामूहिक राजीनामा दिँदै पार्टी आफ्नो सिद्धान्तबाट विचलित भएको बताएका छन्। 

राप्रपा नेपालबाट राजीनामा दिनेमा निवर्तमान कोशी प्रदेश अध्यक्ष वासुदेव भट्टराईसहित कोशी प्रदेशका विभिन्न जिल्लाका नेताहरुले सामूहिक राजीजनाम दिएका छन्।