अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभामा नाराबाजी, बैठक स्थगित

बागमती प्रदेशसभामा नाराबाजी, बैठक स्थगित


हेटौंडा-विपक्षी दलको विरोधका कारण बागमती प्रदेश सभा बैठक अवरुद्ध भएको छ। प्रदेश सभाको आइतबारको बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राप्रपा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसदले बैठक शुरू हुने बित्तिकै अवरुद्ध पारेका हुन्।

विपक्षी दलले विरोध गरेपछि सभामुख भुवनकुमार पाठकले नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंलाई बोल्न समय दिनु भएको थियो। प्रदेश सरकारले बजेटलाई समावेशी ढङ्गबाट वितरण नगरेको, हुँदै नभएको वडामा बजेट विनियोजन गरेको, गैरसरकारी संस्थालाई नाम नै तोकेर अनुदान वितरण गरिएको लगायतका विषयमा विरोध जनाएका थिए।

उहाँले बोले लगत्तै विपक्षी दलका सांसदले प्रदेश सभामा नाराबाजी गरे । उनीहरूले बजेट सच्याउन माग गरेका छन् । विपक्षी दलका सांसदले नाराबाजी गरेपछि सभामुख पाठकले प्रदेश सभाको बैठक स्थगन गरेका छन् । यसअघि असार १२ गते पनि विपक्षी दलले प्रदेश सभाको बैठक अवरुद्ध गरेका थिए । बजेटमा संशोधन नगरी पास गर्न नदिइने एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताएउनु भयो।