अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश: सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

कोशी प्रदेश: सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान


विराटनगर-कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्।

उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गर्नुभएको हो। खापुङले नयाँ सरकार गठनका लागि ४ दिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिनु भएको छ।

प्रदेश प्रमुख खापुङलाई संघीय सरकारको महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको थियो।