अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ । संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ । 

आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरुमध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वाविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, नेपाल विश्वविद्यालय विधेयक,२०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।