काठमाडौं- नेपाल एसिसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ पराजित गर्यो।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर एक सय ८४ रन जोडेको थियो। नेपालको पालीमा सुर्यांशु कोइरालाले ४३, निरजकुमार यादबले ४२ र कप्तान अभिशेक तिवारीले २५ रन बनाएका थिए।
यस्तै सन्तोष यादबले १८, दिपुकुमारले १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाएका थिए। सिंगापुरले ३१।३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्यो।
नेपालका कृतिक कामतले तीन तथा अभिशेक तिवारी, प्रतिक पोखरेल, अशोक धामी, सन्तोष यादब र नरेन भट्टले एक एक विकेट लिए। नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
प्रतिक्रिया