अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं-सत्ता गठबन्धनको बैठक आज बस्दैछ।

सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेश सरकार गठनको विषयमा छलफल हुँदैछ।

नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेका अनुसार कोशी प्रदेश सरकार गठन मुख्य एजेण्डा हो।

उहाँले कोशी सरकार गठनसँगै, संघीय सरकारको कामकारवाही, जनमत पार्टीलाई सरकारमा सामेल गराउनेलगायत विषय पनि छलफलको एजेण्डा हुने जानकारी दिनुभयो ।