अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई दलको सदस्य मानेर कोशीमा मुख्यमन्त्री नियुक्त गरिए स्वीकार्य हुन्न: एमाले

सभामुखलाई दलको सदस्य मानेर कोशीमा मुख्यमन्त्री नियुक्त गरिए स्वीकार्य हुन्न: एमाले


विराटनगर-नेकपा एमालेले सभामुखलाई समेत आफ्नो दलको सदस्य मानेर सरकार बनाउने कुरा स्वीकार्य नहुने चेतावनी दिएको छ ।

सभामुखको नाम राखेर कोशीमा मुख्यमन्त्री दाबी गर्ने प्रयास भइरहेको भन्दै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले साे कुरा बताउनु भएको हो ।

प्रदेश प्रमुखले आइतवार संबिधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आहवान गर्नुभएको छ। ‘प्रदेश प्रमुखलाई हामीले भेटेर भनेका छौं, सार्वजनिक ढंगबाट पनि भन्न चाहन्छौं, हामी र राप्रपा एक ठाउँमा छौं र उभिन्छौं । सरकार गठनका लागि ४७ चाहिन्छ। तर गठबन्धनमा ४६ सदस्य मात्रै छन् । सभामुख बाबुराम गौतमको नाम पनि जोडेर मुख्यमन्त्री दाबी गरेर लाने काम भइरहेको छ भन्ने हामीले सुनेका छौं । यो कुरा हामीलाई किमार्थ स्वीकार्य हुन्न ।’

उहाँले गठबन्धनले सरकार दाबी पेश गर्दा सभामुखको हस्ताक्षर भए आफूहरुले कडा कदम चाल्ने चेतावनी पनि दिनुभयो । ‘सभामुखले २०७९ साल पुस २८ गते सभामुखको आसनमा बसेर उहाँले पूर्ववर्ती दलसँग आवद्धता त्याग गरेको घोषणा गर्नुभएको छ। सो घोषणापछि सभामुख कुनै पनि दलको सदस्य हुनुहुन्न, मान्न मिल्दैन। सभामुखलाई सदस्य गनणा गरेर सरकार बनाउने र गिराउने खेलमा सामेल गर्न मिल्दैन। उहाँले दल परित्याग गरिसक्नु भएको छ। सभामुखलाई दलको सदस्य मानेर मुख्यमन्त्री नियुक्त गरिन्छ भने त्यो हामीलाई मान्य हुँदैन,’ प्रमुख सचेतक भण्डारीले भन्नुभयो ।