अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषि वस्तुको समर्थन मूल्य तोकेर खरिद सम्झौता नगरेसम्म किसानको मेहनतले उचित मूल्य पाउँदैन : अध्यक्ष ओली 

कृषि वस्तुको समर्थन मूल्य तोकेर खरिद सम्झौता नगरेसम्म किसानको मेहनतले उचित मूल्य पाउँदैन : अध्यक्ष ओली 


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि वस्तुको समर्थन मूल्य तोकेर खरिद सम्झौता नगरेसम्म किसानको मेहनतले उचित मूल्य नपाउने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले किसानको मेहनतले उचित मूल्य नपाए कृषि पेशा माथि उठ्न नसक्ने बताउनुभएको हो । 

‘कृषि वस्तुको समर्थन मूल्य तोकेर खरिद सम्झौता नगरेसम्म किसानको मेहनतले उचित मूल्य पाउँदैन र कृषि पेशा माथि उठ्न पनि सक्दैन’, उहाँले लेख्नुभएको छ,’नेकपा एमाले जतिबेला सरकारमा पुग्छ, यो काम प्राथमिकता पूर्वक गर्छ। अहिले पनि यो सुरुवात होस् भन्ने चाहन्छ ।’ 

अध्यक्ष ओलीले किसानले पीडा भोग्नु नपरोस् र उत्पादित वस्तु खेर नजाओस् भनेर एमालेले चुनावी घोषणा पत्रमा कृषि वस्तुको मूल्य तोक्ने र अग्रिम खरिद सम्झौता गर्ने ग्यारेन्टी गरेको समेत बताउनुभयो ।  

एमाले सरकारमा गएपछि सरकारको न्यूनतम कार्यक्रममा पनि सो व्यवस्था गरेको बताउँदै उहाँले गठबन्धन बदलिएसँगै सो व्यवस्था हराएमा दुःख व्यक्त गर्नुभयो ।