अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो सुनचाँदी मूल्य

बढ्यो सुनचाँदी मूल्य


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ३७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढेको हो ।