अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितीका सभापति तत्काल टुंगो लगाउने प्रमुख दलका शिर्ष नेताबीच सहमति

संसदीय समितीका सभापति तत्काल टुंगो लगाउने प्रमुख दलका शिर्ष नेताबीच सहमति


काठमाडौं -सभामुख देवराज घिमिरेले डाकेको बैठकमा तीन दलका शिर्ष नेताले संसदस्य समितीको सभापति तत्काल टुंगो लगाउने सहमती गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा संसदीय समितिका सभापति तत्काल चयन गर्ने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

घिमिरेको सचिवालयले जनाए अनुसार सभापति चयन नहुँदा विभिन्न प्रकारका अफ्ठयाराहरु खेप्नु परेकोले तत्काल सभापति टुंग्याउन घिमिरेले प्रधानमन्त्री सहित प्रमुख तीन दलका शिर्ष नेतालाई आग्रह गर्नुभएको थियो ।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो ।

तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली काँग्रेसका सभापछि शेरबहादुर देउवा,कानुन मन्त्री धनराज गुरुङ लगायत हुनुहुन्थ्यो ।