अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतामाई ७ मा बाढी-पहिरो कारण लाखौंको क्षति

रौतामाई ७ मा बाढी-पहिरो कारण लाखौंको क्षति


उदयपुर-उदयपुरको रौतामाई गाउँपालिका-७ पुवारे डहरमा गए रातिको वर्षाका कारण खहरे बाढिले लाखौको क्षति भएको छ। लगातार वर्षका कारण स्थानीय टेकबहादुर दुलाल सार्कीको करीब ४ रोपनी खेत, पाकेको मकै, धानको बीउ र भैसिको कटेरो पुरिएकोछ भने रामबहादुर सार्कीको एउटा वङ्गुर सहित खोर पुरिएको हो ।

मकै थन्काउँने बेला भएको र धान रोपाईको तयारीमा रहेको स्थानीयहरु धानको बीउ सहित खेत नै बाढीले पुरिदिए पछि किसानहरु पीडामा परेको टोल विकास समितिका अध्यक्ष नारायण बहादुर रायामाझीले बताउनु भयो ।

जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्र जोडिने सडक बाटोको कारण मुर्कुची, पुवारे, डुम्रीथुम्का, रानिवास, तेलतेले जाँनेमा क्षेती पुगेको स्थानिय पिडितहरुले जनाए ।

रौतामाइ गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आले, रौतामाइ-७ का वडाअधक्ष मनोजकुमार राना र अस्थायी प्रहरी चौकी मुर्कुची तथा टोल विकास समितिद्वारा क्षति भएको स्थलको अनुगमन गरी सडक डिभिजन कार्यालय लहान र निर्माण व्यवसायी संघलाई क्षति भएको स्थानलाई सुधार गर्नको लागि पहल गरेका छन्।

खहरे रोकथामको लागि पूर्व तयारी गरिनु पर्ने बताउदै समुदायलाई रातको समयमा सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेका छन्।
सडक निर्माणको कारण क्षति भएको स्थानमा खेत र खहरे सुधार तथा बनाइदिने लहान सडक डिभिजन कार्यलयका इन्जिनियर सन्दिप दासले बताउनु भयो ।