काठमाडौँ-नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज) समेत घटाएको हो ।
अब काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्नेछ। काठमाडौँ–धनगढीको फ्यूल र्चाज ६ हजार ६२५ रुपैयाँ थियो। अ ६ हजार १० रुपैयाँ कायम भएको छ।
काठमाडौँ–सिमराको फ्यूल र्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँमा झरेको छ।
निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको छ।
अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ।









प्रतिक्रिया