अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मीनबहादुर गुरुङसहितको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नभ्याइने

मीनबहादुर गुरुङसहितको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नभ्याइने


काठमाडौं-ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीनजनाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजालसमा पेसी तोकिएको यो मुद्दामा खाजा समयपछि सुनुवाइ हुने भनिएको थियो।

तर पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई रिहा गर्न माग गर्दै हालेको रिटको सुनुवाइ अब अर्को दिनलाई सरेको हो। उनीहरुले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। 

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत मंगलबार पक्राउ गरेको थियो। जिल्ला अदालतले बुधबार सात दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।