अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु लमजुङको भिडियो प्रतियोगिता: ‘सांसद भए भने’

अनेरास्ववियु लमजुङको भिडियो प्रतियोगिता: ‘सांसद भए भने’


कास्की-अनेरास्ववियु लमजुङले भिडियाे प्रतियाेगिता गर्ने भएकाे छ। ‘म सांसद भए भने’ भन्ने विषयमा प्रतियाेगिता गर्न लागिएकाे हाे।

लमजुङकाे पुर्वाधार विकास निर्माणकाे सवाललाई लिएर विद्यार्थीहरुले कस्ताे धारणा व्यक्त गर्छन् भन्ने कुरालाई मध्येनजर गर्दै कार्यक्रमकाे आयाेजना गरिएकाे अनेरास्ववियु लमजुङ जिल्ला कमिटी सह-सचिव ओम प्रकाश गुरुङले जानकारी दिनुभयाे।

‘लमजुङलाई केन्द्रमा राखेर याे प्रतियाेगिता गर्न लागेका छाैं’ गुरुङले भन्नुभयाे, ‘लमजुङकाे पुर्वाधार विकास निर्माणकाे सवालमा के कस्ता काम अघि सार्न कस्ता धारणा आउँछन् भन्ने कुरालाई ध्यानमा राखेर याे प्रतियाेगिताकाे गर्ने लागेका हाैं ।’

प्रतियाेगितामा भाग लिन दुई मिनेटकाे भिडियाे बनाएर साउन पाँच गते सम्ममा आयाेजकले ताेकेका भाइबर तथा ह्वाटसप नम्बरमा पठाउनु पर्ने छ ।

प्रतियाेगिताकाे विजेताले पाँच हजार प्राप्त गर्ने छ भने द्वितिय हुनेले तीन हजार र तृतिय हुनेले दुईहजार प्राप्त गर्ने आयाेजकले जनाएकाे छ।

विजेताहरुलाई पुष्पलाल स्मृति दिवसकाे अवसरमा पुरस्कृत गरिने समेत आयाेजकले जनाएकाे छ।