अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर जातीय विवाहको घटनामा घर जलाइएको घटनाप्रति मानवअधिकार एलायन्सको ध्यानाकर्षण

अन्तर जातीय विवाहको घटनामा घर जलाइएको घटनाप्रति मानवअधिकार एलायन्सको ध्यानाकर्षण


काठमाडौं- जुम्लाको तातोपानीमा अन्तरजातीय विवाह गरेका कारण घर जलाइएको घटनाप्रति मानव अधिकार एलायन्सले आपत्ती जनाएको छ ।
एलायन्सका अध्यक्ष मीन्बहादुर शाहीले विज्ञप्ती जारी गरेर अन्तरजातीय प्रेमसम्बन्ध कै कारण केटी पक्षबाट केटा पक्षको घर आगजनी गराइएको भन्ने विभिन्न माध्यमबाट सार्वजनिक भएकोहुँदा यो घटना जातीय छुवाछुत, सामाजिक विभेद र अमानवीयताको पराकाष्ठा हो भन्ने मानवअधिकार एलायन्सको ठहर रहेको उल्लेख गर्नुभएको छ ।

शाहीले जारी गरेको विज्ञप्तीमा जातीय छुवाछुत र विभेदका कारण यस प्रकारका अपराधजन्य घटनाहरू हुनु भनेको मुलुकमा मानवअधिकारको सुनिश्चितता नहुनु र नागरिकहरू मर्यादित जीवनको अधिकारबाट वञ्चित भइरहेको भनिएको छ । । संविधानतः प्रत्येक नागरिकलाइ सम्मानित जीवन, स्वतन्त्रता, मर्यादा, समानता अधिकारहरू मौलिक हकको रूपमा व्यवस्थित गरिएको छ । यी अधिकारहरू नैसर्गिक हुन् र नागरिकले यी हकहरूको निर्वाध उपयोग गर्न पाउनु पर्दछ शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ राज्यले नागरिकका अधिकारको संरक्षण गर्न सक्नु पर्दछ ।केही वर्ष अघिका घटनाहरू केलाउने हो दलित समुदायमाथी भइरहेका घटनाहरू हिंस्रक र वर्वर देखिएका छन् । यसप्रकारका कुनै पिन घटनाहरू भविष्यमा दोहोरिन नदिने अवस्था सुनिश्चित गर्न हामी सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।

जुम्ला घटनाका दोषीलाइ कारबाही गर्न र पीडित पक्षलाइ क्षतिपूर्तिको व्यवस्था गरी सम्मानपूर्वक वाँच्न पाउने अधिकार सुनिश्चत गर्न नेपाल सरकार समक्ष मानवअधिकार एलाइन्सले जोडदार माग गरेको छ ।