काठमाडौँ-नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ९४ पैसा र बिक्री दर १३१ रुपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ६९ पैसा र बिक्री दर १४३ रुपैयाँ ३४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





प्रतिक्रिया