अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीमा गोली प्रहारबाट एकजना घाइते 

महोत्तरीमा गोली प्रहारबाट एकजना घाइते 


महोत्तरी-महोत्तरीमा गोली प्रहारबाट एकजना घाइते भएका छन् । मंगलबार साँझ सामान्य विवादको क्रममा दुई राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार स्थानीय  ३८ वर्षीय कौशल मण्डलले गोली प्रहार गर्दा रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् । यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको बताइएको छ ।

गम्भीर घाइते यादवलाई थप उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको छ ।  

गोली प्रहार गर्ने मण्डल र उनले प्रयोग गरेको पेस्तोल, गोलीको खोका तीन थानसहित घटनास्थलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।