अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ घण्टामा कारबाहीमा परे २२ सय सवारी चालक

२४ घण्टामा कारबाहीमा परे २२ सय सवारी चालक


काठमाडौँ-ट्राफिक प्रहरीले गएको २४ घण्टामा दुई हजार दुई यस सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उलङ्घन गरेको आरोपमा ट्राफिक प्रहरीले सवारी चालकलाई कारबाही गरेको हो ।  

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले पछिल्लो २४ घण्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेको जानकारी दिएको छ । 

कार्यालयका अनुसार मादक पदार्थ सेवनमा ६९, लेन उल्लङ्घनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन्।

नम्बर प्लेटमा २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।