अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई उपमहासचिव रिमालको प्रश्न : यसपालि तपाईँलाई प्रधानमन्त्री कसले बनाएको हो ?

प्रचण्डलाई उपमहासचिव रिमालको प्रश्न : यसपालि तपाईँलाई प्रधानमन्त्री कसले बनाएको हो ?


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसपालि तपाईँलाई प्रधानमन्त्री कसले बनाएको हो भनी प्रश्न गर्नुभएको छ । 

आज सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव रिमालले नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भनी प्रश्न गर्नुभएको हो । 

किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचनमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले दिल्ली र नेपालमा राजनीतिक दौडधुप गरेको बताउनुभएको थियो । त्यसको जवाफ उपमहासचिव रिमालले प्रधानमन्त्री प्रचण्डसँग संसद्ले जवाफ माग्नुपर्ने बताउनुभयो । 

‘हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ ? यसपालि चाहिँ तपाईँलाई प्रधानमन्त्री कसले बनाएको हो ? हामीलाई विश्वास छ, संसद्ले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दाहालजीसँग आज कम्तीमा पनि संसद्ले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ‘प्रितम सिंह’ थिएनन्, यसपालि कसले दिल्लीमा ओहोर दोहोर गर्‍यो, ‘उहाँले लेख्नुभएको छ,’पाँच वर्षलाई सरकार बनाउने–हटाउने, ऐन कानुन बनाउने–फेर्ने–खारेज गर्ने, विकासका लागि बहस गर्ने र सुशासन कायम गर्ने/गराउने जस्ता नेपाली जनताको अधिकार प्रयोग गर्नेगरी चुनिएका संघीय संसद्का माननीयहरु कसैका रबर स्ट्याम्प हुन् र ? माननीय ज्यू, तपाईँहरूलाई लाग्दैन सभाहलमा टेबल ठोकी ठोकी आफूले चुनेँ भनेको प्रधानमन्त्री स्वयंले ‘प्रितम सिंहले दिल्ली ओहोर दोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा  सार्वभौम संसद्को शिर झुकेको छ !’

उपमहासचिव रिमालले यो विषय सकिनुभन्दा यहाँबाटै सुरु गर्नुपर्ने बताउनुभयो ।