अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको अभिव्यक्तिलाई आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक

प्रधानमन्त्रीको अभिव्यक्तिलाई आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक


काठमाडौं-नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै बैठक बोलाएको हो ।

बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्नुअघि डाकिएको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुनेछ। 

बुधबार दिउँसो १.३० बजेको लागि बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ । सो अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक डाकेको जनाएको छ । बैठक सिंहदरबारमा बस्नेछ ।

एमाले स्रोतका अनुसार, ‘प्रधानमन्त्रीजस्तो व्यक्तिले आफूलाई प्रधानमन्त्री बनाउन बाह्य व्यक्ति पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिनुहुन्छ । त्यो आपत्तिजनक छ । त्यो संसदकै पनि अपमान हो । प्रधानमन्त्री दिल्लीले होइन संसदले बनाउने हो ।’