अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले एक वर्षपछि बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले एक वर्षपछि बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं-नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक बोलाउनु भएको हो ।

बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी गरेका हुन्।

कांग्रेसको केन्द्रीय समितिको बैठक प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने विधानमा उल्लेख छ । तर, एक वर्षपछि कांग्रेसको बैठक बस्न लागेको छ ।