अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने एमालेको निर्णय

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने एमालेको निर्णय


काठमाडौँ-नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्ने भएको छ।

बुधबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको विरोधमा बैठक अवरुद्ध गर्ने निर्णय गरेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनु भयो। 

बैठकपछि बोल्दै एमाले सचेतक बर्तौलाले असार १८ गते प्रधानमन्त्रीले देशको स्वाभिमान र सार्वभौम सत्ताविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भयो ।

‘प्रचण्डले आफूलाई प्रधानमन्त्री संसदले बनाएको नभइ दिल्लीले बनाएको भनेर बोल्नु भएको छ । आजको हाम्रो बैठकको सार निर्णय भनेको प्रधानमन्त्रीले संसद् र सार्वभौमसत्तामाथि गरेको आक्रमणको प्रतिरोध हो’, उहाँले भन्नुभयो, ‘हामीले यो विषय संसद्‍मा जोडदार रुपमा राख्ने छौँ। जनताले निर्वाचित गरेको प्रधानमन्त्री त हामीले बनाएको होइन, कहीँ कतैबाट बनाइएको भन्नु भएको छ।’ 

प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौंमा भएको लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन समारोहमा विवादित अभिव्यक्ति दिएपछि एमाले आक्रोशित भएको हो।

एमालेले बुधबार संसदीय दलको आकष्मिक बैठक राखेर प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद्‍ अवरोधसम्मको आन्दोलन गर्ने निष्कर्ष निकालेको हो।