अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय इसारामा बनेको प्रधानमन्त्री स्विकार्य हुन्नः देवेन्द्र दाहाल

भारतीय इसारामा बनेको प्रधानमन्त्री स्विकार्य हुन्नः देवेन्द्र दाहाल


काठमाडौं-राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय इसारामा बनेको प्रधानमन्त्री स्विकार्य नहुने बताउनु भएको छ।

नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो कुरा बताउनु भएको हो ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गर्नु भएको हो ।

उहाँले आफूहरूको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राख्नु भयो । नेता दाहालले प्रधानमन्त्री प्रचण्डले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने बताउनु भयो ।

‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८औं जन्मदिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर देशव्यापी कौतुहलता जागेको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ। कसको इसारामा हुन्छ ? प्रधानमन्त्रीजीले प्रितम सिंह मलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको बताउनु भयो। दिल्लीमा राजनीतिक वातावरण बनाएको बताउनु भएको छ। यहाँ ब्यापार, बिजनेश गर्न बसेको भारतीय नागरिकले यहाँ देशका नेताहरुसँग समन्वय गर्छ।’

यो कुरा नेपालका लागि शीर निहुर्‍याउने विषय भएको उहाँले बताउनु भयो। ‘उहाँ स्वयम यो कुरा अभिव्यक्त गर्दा लज्जित भएका छौं। हामीलाई लज्जाबोध भएको छ। हामी कुन देशका नागरिक हौँ ? हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदा यो देशका सार्वभौमसत्ता सम्पन्न संसदले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छ?’, उहाँले भन्नुभयो, ‘यसरी भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई ग्राह्य छैन। त्यो प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन। त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ। उहाँले राजीनामा दिनु पर्छ।’