अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रतिनिधि सभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ। 

बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने बताउनु भएको हो।

एमाले सांसद पन्तले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गर्नु भएको हो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुरियो। हामी भक्ति थापा र बलभद्र कुँवरका सन्तान, हामीलाई देशको माया छ। तिनैका सन्तान आफ्नो देशको स्वाभिमान जोगाउन लागेका छन्। तर देशको गरिमा र अखण्डताभन्दा बढी प्रचण्डलाई प्रधानमन्त्री प्यारो रहेछ। आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति छ । त्यसैले नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उहाँले बताउनु भयो।