अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा आधा घण्टाका लागि स्थगित

प्रतिनिधिसभा आधा घण्टाका लागि स्थगित


काठमाडौं-प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैचोटी दिल्ली पुगेको भन्ने विषय देशको सार्वभौमिकता र राष्ट्रियताविरुद्ध रहेको भन्दै एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेको छ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमाले नेता रघुजी पन्तले प्रधानमन्त्री प्रचण्ड ‘लेन्डुप दोर्जेको नयाँ संस्करण’ बनेको भन्दै राजीनामा दिनुपर्ने बताउनु भयो ।

संसद अवरोध भएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गर्नुभयो ।