अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद भवन परिसरमा अध्यक्ष ओलीले स्कूले नानीहरुलाई भन्नुभयो -विवेकी नागरिक बन्नु

संसद भवन परिसरमा अध्यक्ष ओलीले स्कूले नानीहरुलाई भन्नुभयो -विवेकी नागरिक बन्नु


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्कुले विद्यार्थीसँग संसद भवन परिसरमा रमाइलो गर्नुभएको छ । संसद बैठकको दृष्य प्रत्यक्ष हेर्न आएका स्कुले विद्यार्थीसँग अध्यक्ष ओलीले रमाइलो मान्दै तस्विर खिच्नु भएको छ ।
उक्त फोटो सामाजिक सञ्जालमा राख्दै ओलीले लेख्नु भएको छ आकाश, खुलेका चेहरा । आज संसदबाट बाहिरिँदै गर्दा गाडी चढेर पर पुगिसकेको थिएँ । झरीपछि खुलेको आकाश सफा देखिएको थियो । संसद् परिसरमा स्कुले नानीहरु दौडिँदै आए । गाडी रोकेर ओर्लिएँ र उनीहरुसँग एक छिन् समय बिताएँ । उनीहरुका आँखा र चेहरा खुलेको आकाशभन्दा पनि सफा थिए । हेरिरहे र सेल्फी खिचे । प्यारा नानीबाबुहरू , देशले विवेकी नागरिक मागेको छ । राम्ररी पढ्नु, राम्रो बन्नु ।