अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश : नयाँ सरकार गठनको समय सकिँदै, सभामुखलाई जोडेर दाबी पेश गर्ने गठबन्धनको तयारी

कोशी प्रदेश : नयाँ सरकार गठनको समय सकिँदै, सभामुखलाई जोडेर दाबी पेश गर्ने गठबन्धनको तयारी


काठमाडौँ । कोशी प्रदेशमा कांग्रेस–माओवादी केन्द्रले सभामुखलाई समेत जोडेर सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।   

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा आज अपराह्न ५ बजे सकिँदैछ । 

कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । गठबन्धनलाई ६ सिट रहेको राप्रपाले सहयोग नगरे अब बन्ने सरकारको भविष्य पनि ३० दिनमात्रै हुनेछ ।  

कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ नै आवश्यक सङ्ख्या हो । यद्यपि गठबन्धन दलले सभामुखसहित ४७ पुर्‍याए पनि विश्वासको मत लिँदा उनले बराबरी भएको अवस्थामा मात्रै मत दिन पाउनेछन् ।