अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईईको नतिजा प्रकाशनका विषयमा निर्णय गर्न बोर्ड बैठक बस्दै

एसईईको नतिजा प्रकाशनका विषयमा निर्णय गर्न बोर्ड बैठक बस्दै


काठमाडौँ-एसईई परीक्षाको नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । २०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बस्न लागेको हो । 

यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार नतिजा सार्वजनिक गरिने जनाइएको छ । 

बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।

त्यो विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ । तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै अक्षरांकन (ग्रेडिङ) विधिमार्फत नतिजा प्रकाशन गर्न लागेको हो ।  गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।