अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई उपमहासचिव रिमालले आग्रह–सत्य स्विकार्नुस्, परिणामको सामना गर्नुस्

प्रधानमन्त्रीलाई उपमहासचिव रिमालले आग्रह–सत्य स्विकार्नुस्, परिणामको सामना गर्नुस्


काठमाडौँ–नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्य स्विकार्न र परिणामको सामना गर्न आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि दिएको विवादास्पद अभिव्यक्ति दिएको भन्दै एमालेले उहाँको राजीनामा मागिरहेको छ । हिजो संसदमा प्रचण्डलाई एमालेले तपाइलाई कसले प्रधानमन्त्री बनाएको हो भनी प्रश्न सोधेको थियो । तर प्रधानमन्त्रीले त्यसको जवाफ दिनुभएको छैन । 

‘हिजो ‘हाउस’ले प्रधानमन्त्रीलाई प्रश्न गरेछ– तपाईँलाई कसले प्रधानमन्त्री बनायो’, उपमहासचिव रिमालले सामाजिक सञ्जालमा लेख्नुभएको छ,’उहाँले सदनको सामना गर्नुपर्थ्यो । तर्कबाट हैन, तथ्यबाट आफ्नो भनाइको अन्तर्य स्पष्ट पार्नु पर्थ्यो । तर प्रधानमन्त्रीले गलत बाटो लिनु भयो । ‘हाउस’मा हैन, अन्यत्रबाटै “त्यसो हैन, यसो भनेको” भन्दै फेरि ‘भ्रम’ फिजसउने तिरै लाग्नु भयो । आफ्ना ‘प्रोपोगण्डा–मेकानिजम’ परिचालनमा समय खर्चिनु भयो ।’

उपमहासचिव रिमालले गलत प्रचार नगर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई सत्य स्वीकार गर्नुपर्ने बताउनुभयो । 

‘प्रधानमन्त्रीजी, तपाईँको आफ्नै भ्वाइस छ– सुन्नेले सुनेकै छन्, हेर्नेले हेरेकै छन् । आफ्नो हैन, सरदारको कुरा ‘कोट’ गरेको भन्नुभयो । त्यही बेला ‘तपाईँ’को ‘सरदार’ले प्रेस मिट गर्दै अर्कै कुरा भन्दै हुनुहुन्थ्यो’, उहाँले लेख्नुभएको छ, ‘‘ढाँटेको कुरा काटे मिल्दैन’ क्या १ तपाईँले आफू जे हो, त्यही हुँ भन्नु भयो । ठीकै छ नि । नकाब उत्रिँदा, छोपिएको अनुहारलाई कठिन हुन्छ नै । अब सत्य स्विकार्नुस्, परिणामको सामना गर्नुस् । अति भयो, थप आँ–उँ नगर्नुस्, प्लिज !

प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ ।