अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध


काठमाडौँ-प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।

हीबारको बैठकको सुरुमै बोल्दै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले प्रधानमन्त्रीले आफ्नो अभिव्‍यक्तिबाट नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको थियो ।

श्रेष्ठले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते दिएको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएकोले राजीनामा दिनुपर्छ। प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ। आज फेरि पनि हामी कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौं बाध्य छौं । स्वाधिन राष्ट्रलाई आँच आउने कुरा हुन्छ भने सह्य हुँदैन।’

श्रेष्ठले प्रधानमन्त्री कहाँबाट परिचालित छन् भनेर पनि प्रश्न गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘देशको हितअनुकूल हुने गरी बोल्नु पर्नेमा हाम्रो देशको प्रधानमन्त्री कसबाट परिचालित हुनुहुन्छ ?’ प्रधानमन्त्रीले पटक-पटक भारतको निर्देशन, सल्लाह, सुझाव चाहिन्छ’ भनिरहेको पनि सांसद श्रेष्ठको दाबी थियो ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राष्ट्रिय सभाको काम कारबाही अगाडि बढाउन नहुने सांसद श्रेष्ठको भनाइ थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने बजेटमाथिको छलफल अगाडि बढाउने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले संवादबाट सबै विषय समाधान गर्न तथा प्रधानमन्त्रीले संसद्‍मा आएर आफ्ना कुरा राख्ने वातावरण बनाउन पनि आग्रह गर्नु भएको छ।