अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस जिल्ला सभापतिहरूको बैठक शुरू

कांग्रेस जिल्ला सभापतिहरूको बैठक शुरू


काठमाडौं-नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्दिय कार्यालयमा शुरु भएको छ। 

बिहीवार मध्यान्ह पार्टी केन्द्रिय कार्यालयमा बैठक बसेको हो। दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ।

बैठकमा पार्टी महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं काँग्रेस नेता डिगबहादुर लिम्बू लगायतका नेताहरु सहभागी हुनुहुन्छ।