काठमाडौं-काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
उनीहरूलाई नाबालिगलाई क्लबभित्र छिराएको आरोप लगाइएको छ।
एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको घटनापछि उनीहरूलाई केही दिनअघि पक्राउ पुर्जी जारी भएको बताइएको छ।
प्रतिक्रिया