पोखरा-प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ।
बिहीबारको बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसद उठेर विरोध गरेका हुन् ।
एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म प्रदेश सभा चल्न नदिने बताउनु भयो ।
प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। यसअघि बिहान ११ बजे बस्ने बैठक १ बजेका लागि सारिएको थियो।







प्रतिक्रिया