अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुमत सावित गर्न सभामुख नगर्न एमालेको ध्यानाकर्षण

बहुमत सावित गर्न सभामुख नगर्न एमालेको ध्यानाकर्षण


विराटनगर – कोसी प्रदेश सरकार गठानको दाबी गर्दा वहमुत सिद्ध गर्न सभामुखलाई गणना नगर्न एमालेले ध्यानाकर्षण गराएको छ ।
सभामुख बाबुराम गौतमलाई समेत गणना गरी सरकारको दाबी पेश गर्न लागिएको भन्दै एमाले संसदीय दलका नेता तथा कामचलाउ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराउनुभएको हो ।
दलका नेताको तर्फबाट एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज ज्ञापन पत्र बुझाउँदै सभामुखले दल परित्याग गरी स्वतन्त्र हैसियतमा बसेको अवस्थामा गठबन्धनका तर्फबाट गणना गरिएको भन्दै प्रदेश प्रमुखलाई संवैधानिक प्रावधानको स्मरण गराउनुभएको छ ।