अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई जोडेर सरकार गठनको दाबी गर्नु असंवैधानिक: शेखर कोइराला

सभामुखलाई जोडेर सरकार गठनको दाबी गर्नु असंवैधानिक: शेखर कोइराला


काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनका क्रममा सभामुखलाई समेत गठन गर्ने कुराको संवैधानिक व्याख्या नभएको बताउनु भएको छ।

सभामुखसमेतको हस्ताक्षरमा सत्ता गठबन्धनले कोशीमा आजै सरकार गठनको दाबी गर्ने तयारी सत्ता गठबन्धनको छ।

सो विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित पेस गरेको अवस्थामा संवैधानिक सर्वोच्चता विपरित हुन जाने बताउनु भएको हो ।

‘प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरि पठाउने कुराको संवैधानिक ब्याख्या छैन,’ डा. कोइराला भन्नुहुन्छ, ‘तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त विपरित हुन जान्छ।’

सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु रहेको उहाँले बताउनु भएको छ । उहाँले भन्नुहुन्छ, ‘यदि संसदमा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरित हुन जान्छ।’