अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा कांग्रेसका थापाद्वारा मुख्यमन्त्रीमा दाबी पेस

कोशीमा कांग्रेसका थापाद्वारा मुख्यमन्त्रीमा दाबी पेस

सभामुख पनि जोडेर ४७ पुर्‍याइयो


विराटनगर-कोशी प्रदेशको मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गर्नु भएको छ ।

गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बिहीबार दाबी पेश गरेका हुन्।

थापाले कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गर्नु भएको हाे ।

प्रदेशमा एमालेका ४० र राप्रपाका ६ र जसपाका एक सांसद छन्। कोशीमा ४६ सांसद एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका छन्। 

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दाबढी दलका लागि ४ दिनको समय दिएर नयाँ सरकार गठनको आव्हान गर्नु भएको थियो ।

कोशीमा राप्रपाका ६ सांसद छन्। राप्रपाको साथ नमिलेपछि थापाले सभामुखलाई समेत गनेर ४७ जना सांसदको समर्थनमा दाबी पेस गरेका हुन्।