अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले गण्डकीको प्रचार कार्यशाला साउन २० र २१ गते पोखरामा हुने

एमाले गण्डकीको प्रचार कार्यशाला साउन २० र २१ गते पोखरामा हुने


पोखरा-नेकपा एमाले केन्द्रीय कमिटीका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टको प्रमुख आतिथ्यमा बसेको प्रदेश कार्यालयको बैठकले भेला, प्रशिक्षण र संगठन परिचालनका कार्यक्रम तय गरेको छ।

प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा आज बसेको बैठकले पालिका तहले गरेको सदस्यता नवीकरण असार २५ गतेसम्म प्रदेश कार्यालयमा पेश गर्न निर्देशन दिएको छ।

बैठकले प्रदेश कमिटीको बैठक साउन २२ गते पोखरामा गर्ने निर्णय गरेको छ। एमालेका कार्यकर्तालाई प्रशिक्षण दिनको लागि पार्टी स्कूल विभागले विभिन्न तहका प्रशिक्षण चलाउँदै आएको छ।

गण्डकीमा प्रशिक्षक प्रशिक्षणका लागि साउन १० देखि १२ गतेसम्म संचालन गर्ने निर्णय पनि गरेको छ। गण्डकी प्रदेश स्तरीय प्रचार कार्यशाला साउन २० र २१ गते पोखरामा गर्ने निर्णय पनि कार्यालय बैठले गरेको छ।

बिहीबार पार्टी सचिव एवं प्रदेश इन्चार्ज विष्टको उपस्थितिमा बसेको प्रचार विभागको बैठकले प्रचार भेला र कार्ययोजना पेश गरिएको थियो । एमालेले जनसंगठनका पदाधिकारी र इन्चार्जहरु सहभागी हुने प्रदेश स्तरीय जनसंगठन भेला साउन २३ गते गर्ने भएको छ।

एमालेले प्रदेशका विभागीय प्रमुखको भेला साउन २ गते गर्ने भएको छ। चाँडै नै प्रदेश अधिवेशन हुने हुँदा एमालेका सांगठनिक गतिविधिलाई जोड दिएको छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस साउन ७ गते रचनात्मक कार्यक्रम गरि मनाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ।

सचिव विष्टले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी लिएपछि जिल्ला कमिटीका बैठक सम्पन्न भएको हो । पार्टी र जनसंगठनका कामलाई प्रभावकारी बनाउन र समय अनुसार चल्ने बनाउन जोड दिएको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख रश्मि आचार्यले बताउनु भयो ।