अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त


विराटनगर-कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त हुनु भएको छ। बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो।

थापाले बिहीबार नै सभामुख बाबुराम गौतमसहितलाई जोडेर बहुमत अर्थात ४७ जना सांसद आफ्नो पक्षमा रहेको भन्दै दाबी पेस गर्नु भएको थियो ।

त्यसलगत्तै खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। थापा कांग्रेसमा नेता कृष्णप्रसाद सिटौला निकट हुन्। 

गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बिहीबार दाबी पेस गर्नु भएको थियो ।

थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा दाबी पेस गरेलगत्तै मुख्यमन्त्री बनेका हुन्। ९३ सदस्यीय कोशीमा सरकार निर्माणका लागि ४७ जनाकै समर्थन चाहिन्छ।

थापाले कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गर्नु भएको थियो ।

प्रदेशमा एमालेका ४० र राप्रपाका ६ र जसपाका एक सांसद छन्। कोशीमा ४६ सांसद एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका छन्।