काठमाडौं-काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका फरार सञ्चालकमध्ये एकजना बालुवाटारबाट पक्राउ परेका छन्।
नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर सञ्चालक राजुसिंह सुवाललाई ललितपुर प्रहरी परिसरको टोलीले बिहीबार अपरान्ह पक्राउ गरेको हो।
सुवालसँगै फरार रहेका एलओडीका अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठ भने अझै फरार छन्।
प्रहरीले क्लबका दुई सञ्चालकविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको थियो।
पक्राउ पूर्जी लिएलगतै लाजिम्पाटस्थित उनीहरुको निवासमासमेत प्रहरीले खानतलासी गरेको थियो। तर उनीहरु फेला परेका थिएनन्।
उक्त क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका हुन्।
प्रतिक्रिया