अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन प्रधानमन्त्रीको बचाउमा लाग्नु नैतिक मूल्यको क्षति : महासचिव शंकर पोखरेल

सत्ता गठबन्धन प्रधानमन्त्रीको बचाउमा लाग्नु नैतिक मूल्यको क्षति : महासचिव शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको गरिमा र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरुले गम्भीर हुनुपर्ने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले सत्ता गठबन्धन दल प्रधानमन्त्रीको बचाउमा लाग्नु नै नैतिक मूल्यको क्षति भएको बताउनुभयो । 

‘प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम , आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू हुन् । यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरेपनि कम हुन्छ’, उहाँले लेख्नुभएको छ,’उक्त घटनाका सन्दर्भमा सत्ता गठबन्धनमा सहभागी दलहरुको बचाउले त्यसबाट नैतिक मूल्यमा भएको क्षतिको भर्पाई हुन सक्तैन । राष्ट्रको गरिमा र लोकतन्त्र रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरू गम्भीर हुनुपर्‍यो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि एक कार्यक्रममा दिएको अभिव्यक्तिको यति बलो चर्को आलोचना भइरहेको छ ।