अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशमा बहुमत पुर्‍याउन सभामुखको सही गराएकोमा माओवादीमा असन्तुष्टि

प्रदेशमा बहुमत पुर्‍याउन सभामुखको सही गराएकोमा माओवादीमा असन्तुष्टि

सांसदले लेखे–हुँदा छदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु


काठमाडौँ-कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गरेको विषयलाई लिएर माओवादी नेताले असन्तुष्ट जनाएको छन् ।  

सभामुख बाबुराम गौतमसहित जोडेर गठबन्धनले बहुमत पुर्‍याएपछि माओवादी नेताहरुले आलोचना गरेका हुन् ।  

माओवादी प्रदेश सांसदहरूले सभामुखको हस्ताक्षरप्रति असन्तुष्ट जनाउँदै फेसबुकमा लेखेका छन् । माओवादीका प्रदेश कमिटी सचिव एवं प्रदेशसभा सदस्य गणेश उप्रेती ‘सुशील’ ले हुँदा छदाको सभामुखलाई डुबाएर नर्कको  यात्रा सुरु गरेको टिप्पणी गर्नुभएको छ ।  

उहाँले लेख्नुभएको छ, ‘हुँदा छदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु गरे सत्ता लिप्सामा आशक्त भएकाहरूले !!’