अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ-आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला एक सय रुपैयाँले बढ्दै १ लाख १० हजार ७ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य आज पुनः १ सय रुपैयाँले घटेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घट्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।