अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले गर्‍यो कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ ग्रहण बहिष्कार 

एमालेले गर्‍यो कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ ग्रहण बहिष्कार 


काठमाडौँ-नेकपा एमालेले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको पद तथा गोपनीयताको शपथ बहिष्कार गरेको छ । 

सभामुखको हस्ताक्षरसहित हिजो साँझ मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिनुभएको थियो ।

 उक्त शपथ समारोहलाई एमालेले बहिष्कार गरेको हो । एमाले कोशी प्रदेशसभा सदस्य चिन्तन पाठकले गठबन्धनले संविधान मिचेर सरकार गठबन्धन गरेकाले शपथ ग्रहण बहिष्कार गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार गठन प्रक्रिया त्रुटिपूर्ण छ । एमाले जहिले पनि संविधानको पक्षमा, संसदीय मूल्य मान्यताको पक्षमा छ । संविधान र संसदीय मूल्य मान्यता विपरीत भएकाले एमाले अनुपस्थित भयो ।’