अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सिद्धान्त र व्यवहारमा अब्बल छ: सचिव भट्टराई

एमाले सिद्धान्त र व्यवहारमा अब्बल छ: सचिव भट्टराई


बारा-नेकपा एमालेका सचिव एवं मधेस प्रदेश कमिटीका इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताउनु भएको छ।

पार्टी कामको शीलशीलामा रौतहट जान लागेका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा सो कुरा बताउनु भएको हो। 

‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ, उहाँले भन्नुभयो,’पार्टीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद मार्सवादको सृजनात्मक सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ।’  उहाँले पार्टीको सिद्धान्त र व्यवहार सही भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रूपमा रहेको पनि बताउनु भयो।

‘एमाले जनताको मनमा बसेको पार्टी हो, उहाँले भन्नुभयो, गत संसदीय निर्वाचनमा विपक्षीहरूको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनाएका हुन्।’