अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनलाई अध्यक्ष ओलीको चुनौती: संसदमा मात्रै होइन, स्पट तोकेर बोलाए हुन्छ, त्यही सामना गर्न तयार छौं

गठबन्धनलाई अध्यक्ष ओलीको चुनौती: संसदमा मात्रै होइन, स्पट तोकेर बोलाए हुन्छ, त्यही सामना गर्न तयार छौं


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छिमिकी देश भारतले नेपालको सरकार बनाउँछु कहिल्यै नभएको दाबी गर्नु भएको छ।

शुक्रबार किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु नभनेको भन्दै प्रीतम सिंहलाई अनावश्यक मुछेको बताउनु भएको हो।

अध्यक्ष लीले प्रतिम सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर झुट बोलेको बताउनु भयो ।

उहाँले नेपालमा बहुदलीय व्यवस्था भएपनि कानुनी राज नभएको भन्दै संसदबाट छानिएको सरकार नभएको कुरा प्रधानमन्त्री आफैले भनेको बताउनु भयो । 

‘अस्ति प्रधानमन्त्री आफैले एउटा प्रमाण बल्ल पेश गर्नुभएको छ । यस्ता प्रमाण कति छन्’, उहाँले भन्नुभयो, ‘कति कुदेका छन् दिल्ली, कति उडेका छन् दिल्ली ।’

उहाँले भन्नुभयो, ‘प्रीतम सिंहले प्रेस मिट गरी भन्नुहुन्छ–प्रचण्डलाई प्रधानमन्त्री बनाउन म दिल्ली गएको होइन, गएको छैन भनेर। उहाँले किन भन्नुहुन्छ उहाँ नै जान्नुहुन्छ तर म गएको छैन भन्नुहुन्छ।’

प्रतिम सिंहलाई पनि बेकार मुछेको भन्दै अध्यक्ष ओलीले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु भनेर नभनेको बताउनु भयो । 

‘त्यो भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हो त्यो कुरा भारतलाई पनि थाहा छ। भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन् कि नेपालको सार्वभौमसत्ता नेपालको संसदमा छैन,नेपाली जनतामा छैन’, ओलीले भन्नुभयो, ‘नेपालका सांसदहरुले सरकार बनाउने होइन दिल्ली दौडिएर सरकार बन्छ, धेरैपल्ट मलाई बनाउन पनि मान्छे कुदेको थिए ।’

अध्यक्ष ओलीले राष्ट्रियता र देशको सार्वभौमसत्ता माथि मजाक उडाएकाले एमालेले प्रधानमन्त्रीको राजीनामा मागिएको बताउनु भयो । उहाँले गठबन्धनले बिहीबार बैठक बोलाएर मसल ठटाएर पार्लियामेन्टमै भेटौला भनेको भन्दै प्रतिपक्षले भेटौला भनेपछि भेट्नै पर्ने बताउनु भयो। 

‘उहाँले के का लागि पार्लियामेन्टमै सामना गर्छौ भनेको हो ? उहाँहरुले वार्ता गर्छौ समस्या समाधान गर्छौ भन्नुभएन । पार्लियामेन्टमा सामना गरिन्छ भन्नुभयो, प्रतिपक्षको म मसिनो स्वरमा भन्न चाहन्छु–पार्लियामेन्टमात्र होइन सत्तापक्ष जहाँ भन्छ हामी त्यहाँ तयार छौ । स्पट तोकेर बोलाए हुन्छ ।’ 

अध्यक्ष ओलीले अहिलेको सरकार उन्माद, अहंकार र धम्कीको भाषामा मानसिक दासतामा दबाउन चाहेको भन्दै स्वाभिमानी देश त्यस्तो गर्न तयार नभएको बताउनु भयो।

उहाँले भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थसिद्धि गर्न लागेको भन्दै दम्भको आधारमा अलोकतान्त्रिक क्रियाकलाप भइरहेको बताउनु भयो ।