अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रितम सिंह दिल्ली जानुभएको छैन, प्रधानमन्त्रीले झुटो बोल्नुभयो: अध्यक्ष ओली

प्रितम सिंह दिल्ली जानुभएको छैन, प्रधानमन्त्रीले झुटो बोल्नुभयो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय व्यवसायी प्रितम सिंह भारत नगई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे झुटो बोलेको बताउनु भएको छ ।

स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिना कारण प्रितम सिंहलाई मुछेको आरोप लगाउनु भयो । 

‘उहाँ(प्रधानमन्त्री)ले एउटा मित्रराष्ट्रले दिल्लीले हामीकहाँ कोही आएको भनेको छैन। प्रितम सिंहले पत्रकार सम्मेलन गरी गरी दिल्ली गएको छैन भन्नुहुन्छ। प्रितम सिंहलाई पनि उहाँले मुस्नुभयो,’ ओलीले भन्नभयो, ‘प्रितम सिंह दिल्ली नै जानुभएको छैन, तर उहाँले जानुभएको छ भनेर झुट बोल्नुभयो।’

अध्यक्ष ओलीले आफ्नो भारत भ्रमणको बेलामा राष्ट्रको हितको बारेमा कुरा गरेको दाबी गर्नुभयो। तर, प्रधानमन्त्री प्रचण्डले भने देशको हितको पक्षमा कुनै पनि कुरा उच्चारण नगरेको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘नेपालमा कानुनी राज छैन। बहुदलीय व्यवस्था छ, तर संसदबाट छानिएको होइन रहेछ। अस्ति प्रधानमन्त्री आफैंले एउटा प्रमाण बल्ल पेस गर्नुभएको छ। कति छन् छन् यस्ता। कति कुदेका छन् छन् दिल्ली। कति उडेका छन् छन् दिल्ली।’

मित्रराष्ट्र भारतले नेपालमाको सरकार बनाउँछु नभनेको पनि उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यो भन्नु नेपालको सार्वभौमसत्ताविपरित हुन्छ त्यो भारतलाई थाहा छ। भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन्, नेपालको सार्वभौमसत्ता नेपालको संसदमा छैन, नेपालका सांसदले सरकार बनाउन होइन दिल्लीले बनाउँछ, धेरै पटक मलाई प्रधानमन्त्री बनाउन जानुभएको छ।’